२४ जेष्ठ २०८३, आइतबार

चलचित्र ‘स्त्री’को छायांकन सम्पन्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्र चलचित्र ‘स्त्री’को छायांकन सकिएको छ । काठमाडौं आसपासमा छायांकन गरिएको चलचित्रको एउटा गीत बाँकी राख्दै अन्य सम्पूर्ण दृश्यहरुको छायांकन सकिएको निर्देशक शाहीले बताए ।

मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा समिर राई निर्माता रहेको यस चलचित्रमा निर्देशक शाहीकै कथा रहेको छ । पटकथामा निर्देशक जीवन शाहीलाई किशन अर्यालले सघाएका छन् । चलचित्रको छायांकन रामशरण उप्रेतीले गरेका हुन् ।

चलचित्रमा बाबुल गिरीको संगीत, प्रोजेक्ट म्यानेजरमा सुवास काफ्ले, द्वन्द्व निर्देशनमा देव महर्जन, प्रमुख सहनिर्देशकमा चन्द्र भण्डारी तथा मेकअपमा श्याम बराल, ड्रेस डिजाइन सुकनिता चौलागाईंको रहेको छ ।

सहनिर्माता सहदेव विष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ मन्जु राजवशी रहेका छन् । सयौं म्युजिक भिडियो निर्देशन गरिसकेका शाहीको यो डेब्यु सिनेमा हो ।

सामाजिक कथामा बन्ने चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी, दीपा श्री निरौलाको प्रमुख भूमिका रहेको छ । बालकलाकारमा दिप्सन चिलवालको अभिनय छ ।

चलचित्रको पोस्ट प्रोडक्सन थालिने र छिट्टै प्रदर्शन मिति तोकेर प्रचार प्रसारमा लाग्ने निर्माता समिर राईले बताए ।

नारी प्रदान कथामा बनेको चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ । विजया दशमीको शुभकामना व्यक्त गर्दै चलचित्र टिमले सम्पूर्ण नेपालीको घरघरमा शान्तिको कामना समेत गरेको छ ।