११ असार २०८३, बिहिबार

विद्युत् कर्मचारीको करेन्ट लागेर मृत्यु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १३ असोज । विद्युत् प्राधिकरण हनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको आज करेन्ट लागेर मृत्यु भएको छ ।

दैनिक ज्यालादारीमा कार्यरत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ घर भएका अन्दाजी ४५ वर्षीय दिनेश सुतिहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर कुरीले जानकारी दिए । उनका अनुसार सुतिहारले हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ मा विद्युत्को पोलमा लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको हो ।

करेन्ट लागेपछि उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा भर्ना गरे पनि उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।