
काठमाडौं, १३ असोज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले यसवर्षको बडादशैंको टीका जमरा नलगाउने भएकी छन् ।
सोमबार प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री कार्कीले टीका लगाउने कार्यक्रम नरहेको जनाएको हो ।
‘बडादशैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवा पुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु छ । तसर्थ, यसवर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडादशैंको टीका जमरा नलगाउनु हुने र देशबासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ ।’ विज्ञप्तीमा भनिएको छ ।









प्रतिक्रिया