२४ असार २०८३, बुधबार

जेनजी आन्दोलनमा शहीद र घाइते भएकाहरुको सपना पूरा गर्नुपर्छ : प्रवेश दाहाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । जेनजीको आधिकारिक वार्ता टोलीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमाथि कारबाहीको माग गरेको छ ।

काठमाडौंमा आयोजित वार्ता टोली घोषणा कार्यक्रममा बोल्दै टोलीका सदस्य प्रवेश दाहालले शहीद र घाइतेको सपना पूरा गर्न वर्तमान सरकारले जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

‘हाम्रो माग भनेको तत्कालीन सरकार, विशेषतः केपी ओलीको सरकारलाई कारबाही गर्नुपर्छ भन्ने हो । गर्छ कि गर्दैन भनेर हामी आशावादी मात्रै भएर बस्न सक्दैनौँ । अहिलेको सरकारले त्यसबारे स्पष्ट कदम चाल्नैपर्छ ।’ उनले भने, ‘शहीद र घाइतेको सपनामाथि खेलवाड गर्न खोजिरहनु भएको छ । यतिखेर त्यो सपना पूरा हुनुपर्छ । जनताले परिवर्तन चाहेका छन्, त्यसैले हामी सबै युनाइटेड हुनुपर्छ ।’

उनले समाजमा कुनै पनि व्यक्ति वा समूहलाई खण्डित गर्न नचाहेको स्पष्ट पार्दै नेपाली जनता र जेनजीबीच एकता अपरिहार्य रहेको धारणा राखे ।

‘हामी कुनै पनि व्यक्तिलाई खण्डविखण्ड गर्न चाहँदैनौँ । सबै नेपाली एकजुट हुनुपर्छ, जेनजी पनि एकजुट हुनुपर्छ,’ उनले भने, ‘नेपाली जनताले जेनजीलाई सुझाव र सल्लाह दिनुपर्छ ।’