
काठमाडौं, १२ असोज । दशैंको अवसरमा मनकामना केबलकार सेवा अस्थायी रूपमा तीन दिन बन्द हुने भएको छ ।
यस वर्षको महानवमी (असोज १५ गते), विजया दशमी (असोज १६ गते), र एकादशी (असोज १७ गते) केबलकार सेवा बन्द रहने मनकामना केबलकार प्रालिले जनाएको छ ।
केबलकारको नियमित सेवा असोज १८ गते शनिबारदेखि पुनः सुचारु हुने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया