१४ असार २०८३, आइतबार

बिग मार्टमा स्मार्ट क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालमा १२०+ शाखा रहेको सुपरमार्केट बिग मार्ट प्रालिले दशैंको उपलक्ष्यमा स्मार्ट क्युआरबाट भुक्तानी गर्ने ग्राहकहरूलाई १० प्रतिशत छुट दिने भएको छ ।

यही असोज १३ (फूलपाती)देखि सुरु हुने यस अफर असोज १६ (विजया दशमी)सम्म लागि लागु हुनेछ ।

अफरअन्तर्गत ग्राहकहरूले स्मार्ट क्युआरबाट भुक्तानी गर्दा एकचोटीको बिलमा अधिकतम १०० रुपैयाँ हुनेगरी १० प्रतिशतको छुट पाउनेछन् र प्रत्येक ग्राहकले अधिकतम ५०० रुपैयाँसम्मको छुट पाउनेछन् । बिगमार्टको सम्पूर्ण शाखामा स्मार्ट क्यूआरमा आबद्ध भएका इ वालेट तथा बैंकका मोबाइल बैंकिङ एप्लिकेशन प्रयोगकर्ताहरू, जस्तै एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, खल्ती, आइएमई पे, नमस्ते पे, प्रभु पे, मोरु, माइ पे, साथै विभिन्न सहकारीका एपमार्फत भुक्तानी गर्न सकिन्छ ।

क्युआर कोडका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्युआर स्टान्डर्डअन्तर्गत जारी हुने स्मार्ट क्युआर नेपालको पहिलो इन्टरअपरेवल क्युआर कोड हो । स्मार्ट क्युआरले विभिन्न बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ एप्स तथा डिजिटल वालेटमार्फत सहज र सुरक्षित भुक्तानी सुनिश्चित गर्दछ । स्मार्ट क्युआरको यो प्रविधिले नगदरहित अर्थतन्त्र निर्माण गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।