
काठमाडौं, १२ असोज । नेपालीहरुको महान चाड बडादशैं सुरु भएसँगै काठमाडौंको कलंकीस्थित खसीबजारमा खसीबोका, बाख्रा र च्याङ्ग्रा किन्ने ग्राहकहरूको चहलपहल बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएपछि निजी क्षेत्रका व्यवसायीहरुले नै बिक्री गरिरहेका छन् । कलंकी खसीबजार दशैंमा खसीबोका किनबेच हुने सबैभन्दा पुरानो ठाउँ हो ।










प्रतिक्रिया