१ श्रावण २०८३, शुक्रबार

तमिलनाडुको चुनावी र्‍यालीमा भागदौड, कम्तीमा ३६ जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ असोज । दक्षिण भारतीय राज्य तमिलनाडुमा अभिनेता तथा राजनीतिज्ञ विजयले शनिबार आयोजना गरेको सभामा भागदौड हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको भने ५० जना घाइते भएका छन् ।

तीमध्ये ८ जना बालबालिका र १६ जना महिला रहेको भारतीय सञ्चारमाध्यले जनाएका छन् । विजयको राजनीतिक पार्टी तमिलग वेत्त्रिको राज्यव्यापी यात्राको क्रममा आयोजित उक्त सभामा ठूलो भीड जम्मा भएको थियो । हजारौंको संख्यामा भीड जम्मा भएको स्थानमा भागदौड मच्चिँदा उक्त दुर्घटना भएको हो ।

विजय आगामी वर्षको सुरुवातमा हुने राज्य निर्वाचनको पूर्वतयारी स्वरूप प्रचारमा छन् । नजिकैका तिरुचिरापल्ली र सेलम जिल्लाबाट कम्तीमा ४४ जना चिकित्सकलाई करूर पठाइएको द हिन्दुले उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्भाग्यपूर्ण घटना अत्यन्तै दुखद रहेको जनाएका छन् ।