
जनकपुर, ११असोज । धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहको निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहेका सिंहको शुक्रबार निधन भएको हो । उनी संविधान जारी भएपछि विसं २०७४ मा पहिलोपटक भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए ।
यसैबीच, आज उनको अन्त्यष्टि गरिएको छ । यसअघि कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसहितका नेताहरूले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
नेताहरूले पार्टीका पुराना नेता सिंहको निधनले एक समर्पित र अनुभवी नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।









प्रतिक्रिया