७ असार २०८३, आइतबार

यू-१७ वुमेन्स एसियन कप छनोटका लागि नेपाली टिम घोषणा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थाइल्यान्डमा हुने यू–१७ वुमेन्स एसियन कप छनोटका लागि २३ सदस्यीय नेपाली टिम घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले टिम चयन गरेका हुन् । नेपाल समूह एफ मा आयोजक थाइल्यान्ड र तुर्किमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल अक्टोबर १५ मा तुर्किमिनिस्तानविरुद्ध हुनेछ ।

टिमको गोलरक्षकमा झरना डुम्राकोटी, लक्ष्मी ओली र भुपिका शाही छन् ।

यस्तै, डिफेन्डरमा दीक्षा रायमाझी, एलिजाकुमारी विक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्सु विक परेका छन् । मिडफिल्डका खेलाडीमा रविना विक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबटीका कार्की, भुमिका बुढाथोकी (कप्तान), आयुषा रेउले र सिर्जना बडुवाल छन् ।

फरवार्डमा भने अस्मिता मगर, पूजा गिरी, यामकुमारी विका र अनिता रानामगर छन् ।