१ कार्तिक २०८३, शनिबार

मैले सरकारमा हुँदा भ्रष्टाचार गरिनँ, गर्न पनि दिइनँ : केपी ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा हुँदा भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको बताएका छन् ।

बडादशैंको अवसरमा गुण्डुमा युवा संघको खुला कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू सरकारमा हुँदा भ्रष्टाचार नगरेको र गर्न दिनु हुँदैन भन्ने संकल्पका साथ जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरा सधैं जोड दिँदै आएको बताए । वर्तमान समयमा कसैले देशको पक्षमा बोल्यो भने त्यसलाई ‘झोले’ भन्ने चलन नै चलिसकेको पनि उनको भनाई छ ।

अध्यक्ष ओलीले भने, ‘कसैले देशको पक्षमा बोल्यो भने त्यसलाई झोले भन्ने चलन नै चलिसक्यो । ०७४ मा सरकार बन्यो त्यो सरकारले असाधारण दृष्टिकोणहरु प्रस्तुत गर्‍यो र तिनीहरुको कार्यान्वयन गर्दै गयो । सुशासन र विकासमा ध्यान केन्द्रित गर्‍यो । सुशासनको क्षेत्रमा धेरै कामहरु भए, विकासका क्षेत्रमा नयाँ नयाँ मोडल, तरिका र चिन्तनका अगाडि बढ्यौँ । भ्रष्टाचार उन्मुलन भयो भन्दिनँ म, तर सकेसम्म नियन्त्रण गर्यौँ । म सरकारमा हुँदा आफूले भ्रष्टाचार गरिनँ र सकेसम्म अरुलाई पनि गर्न दिएको छैन । फेरि पनि गर्दैनौँ र गर्न दिँदैनौँ भन्ने संकल्पका साथ जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरा सधैं जोड दिँदै आएका छौँ ।’