
काठमाडौं, ११ असोज । गायिका सृष्टि थापाको नयाँ गीत ‘कैले रुन्छु’ सार्वजनिक भएको छ । गीतले घरमा एक्ली आमाको सहारा, आर्थिक अवस्था कमजोर भएपछि साहुसँग ऋण काढेर आमालाई एक्लै छोडेर विदेशिनु परेको छोरीको कथा भनेको छ । साथै, मर्मस्पर्शी भिडियो गीतमा आमाको महिमा वर्णन गरिएको छ ।
थापाकै ‘सृष्टि थापा अफिसियल’ युट्युब च्यानलबाट सार्वजनिक गीतमा संगीत कृष्ण बिकको रहेको छ । हेमन्त शिशिरले एरेन्ज गरेको गीतमा मिक्सिङ मास्टरिङ जया देवकोटाको रहेको छ ।
गीतमा सृष्टि थापा, रश्मि भट्ट, विश्वराज बगाले लगायतको अभिनय रहेको छ ।








प्रतिक्रिया