२२ जेष्ठ २०८३, शुक्रबार

‘शिक्षकलाई तलब कस्ले दिन्छ’ भन्ने पनि पत्तो पाएनन् शिक्षामन्त्री पुनले, सच्याए ‘स्टाटस्’

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा प्रकाशन गरेको सूचना सच्चाएका छन् ।

मन्त्री पुनले केहीबेर अघि दसैँ–तिहारको समय रहेकोले आइतबारसम्म तलब नदिने विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई कारबाही गर्ने बताएका थिए । ‘शिक्षकलाई तलब स्थानीय तह (पालिका)ले प्रदान गर्छ’ भन्ने पनि जानकारीसमेत नराखी सूचना जारी गरेका शिक्षामन्त्री पुनले दोस्रो सूचनामार्फत सच्चाएका हुन् ।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि मन्त्री पुनले आफ्नो सूचना (स्टाटस्) सच्याएका छन् । दोस्रो सूचनामा उनले प्रधानाध्यापकको सट्टा ‘पालिका कारबाही गरिनेछ’ भन्ने उल्लेख गरेका छन् ।