२ असार २०८३, मंगलबार

चलचित्र ‘बलिदान’लाई पिजी प्रमाणपत्र, बालबालिकाले अभिभावकसँग बसेर हेर्न पाउने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । आगामी सोमबार फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’ लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (पिजी) प्रमाणपत्र प्रदान गरेको छ ।

शुक्रबार सम्पन्न सेन्सर प्रक्रियापछि समितिले चलचित्रलाई सबै उमेर समूहका दर्शकले अभिभावकको मार्गदर्शनसहित हेर्न सक्ने गरी पिजी श्रेणीमा पार्ने निर्णय गरेको हो ।

सन्तोष सेन निर्देशित ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका चर्चित कलाकारको अभिनय रहेको छ । निर्माता पक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने दर्शकको चासो र हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ ।

अग्रिम टिकट बिक्री सुरु भएसँगै हलहरूमा दर्शकले टिकट खरिद गर्न उत्साह देखाएकाले चलचित्रप्रति उच्च अपेक्षा रहेको अनुमान गरिएको छ । ‘आसुसेन फिल्म प्रोडक्सन प्रालि’को ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड विष्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् ।