
काठमाडौं, ११ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलोपटक वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । टी– २० आई सिरिजअन्तर्गत यो सिरिजको पहिलो खेल नेपाली समयअनुसार आज राति सवा आठ बजेदेखि यूएईस्थित सारजाह क्रिकेट रगंशालामा हुनेछ ।
सिरिजमा नेपाल र वेस्ट इन्डिजबीच तीन खेल हुनेछन् । दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार हुनेछ । नेपाल आईसीसी टी– २० एसिया कप क्षत्रीय छनोटका त्यतैबाट ओमान जाँदै छ । त्यसको अभ्यास स्वरुप यो सिरिज हुन लागेको हो ।








प्रतिक्रिया