२६ असार २०८३, शुक्रबार

इन्सेकका कार्यकारी निर्देशक गौतम फोरम एशियाको अध्यक्षमा निर्वाचित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम एशिया मानव अधिकार तथा विकास मञ्च (फोरम एशिया)को अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

फोरम एशियाको असोज ९ गते सम्पन्न ११ औं साधारण सभाले गौतमलाई आगामी तीन वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

एशियाका ७० भन्दा बढी मानव अधिकार संस्थाहरू सदस्य रहेको यस मञ्चले मानव अधिकार, मानव अधिकार रक्षक र सामाजिक न्यायका क्षेत्रमा विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गर्ने गर्छ ।

थाइल्याण्डको बैंककमा मुख्यालय रहेको फोरम एशियाको नेपाल, फिलिपिन्स र जेनेभामा शाखा कार्यालयहरू रहेका छन् ।

गौतम एशियाको ठूलो मानव अधिकार संस्थाको अध्यक्ष पदमा निर्वाचित हुनुले नेपालको मानव अधिकार अभियानमा मद्दत पुग्ने इन्सेकले जनाएको छ ।