
काठमाडौं, १० असोज । भाटभटेनी ग्रुप राष्ट्रिय क्रिकेट टिमको आधिकारिक अपेरियल पार्टनर बनेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भाटभटेनी ग्रुपलाई क्रिकेट टिमको आधिकारिक अपेरियल पार्टनरको रूपमा सार्वजनीक गरेको छ ।
क्यानसँग जोडिएको भाटभटेनीले राष्ट्रिय क्रिकेट टिमलाई अन्तर्राष्ट्रिय ब्रान्ड टी टेनको जर्सी उपलब्ध गराउनेछ । टी टेन ब्रान्डको नेपालको आधिकारिक बिक्रेता भाटभटेनी होल्डिङ्स रहेको छ । नेपालभरका स्टोरबाट भाटभटेनीले टी टेन ब्रान्ड नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
सम्झौता अनुसार भाटभेटनीले राष्ट्रिय टिमदेखि उमेर समूहका सम्पूर्ण अन्तराष्ट्रिय प्रतियोगितामा क्यानलाई टी टेन अपेरियल उपलब्ध गराउनेछ । भाटभटेनी होल्डिङ्सका बिजनेश हेड आलोक जोशीले राष्ट्रिय क्रिकेट टिमलाई सहयोग गर्न पाउँदा खुसी ब्यक्त गरे ।
‘देशको खेलकुदलाई सपोर्ट गरौं भन्ने उद्धेश्य सधैनै रहदै आएको छ । अब सबै उमेर समुहको क्रिकेट टिमका खेलाडीसँग अन्तराष्ट्रिय ब्राण्ड टी टेनलाई जोड्न पाउँदा खुसी छौं । उनले भने ।’ नेपालको राष्ट्रिय क्रिकेट टिमको फ्यान जर्सी चाँडैनै भाटभटेनीका स्टोरहरुमा पाउन सकिने जोशीले बताए ।
नेपालको रिटेन बिजनेशको सबैभन्दा ठूलो कम्पनी भाटभटेनी समूहले खेलकुदमा समेत आफुलाई अग्रणी स्थानमा राखेर विभिन्न पक्षसँग सहयोग र सहकार्य गर्दै आएको छ ।








प्रतिक्रिया