काठमाडौं, १० असोज । प्रधानमन्त्री सुशीला कार्कीको नाम र तस्बिर प्रयोग गरेर फेसबुक र एक्स (ट्विटर) मा बनाइएका केही आइडीहरू नक्कली रहेको सरकारी स्रोतहरूले पुष्टि गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको सूचना अनुसार सो प्रकारका आइडीहरूबाट फैलिइरहेका समाचार र पोस्टहरूमा भ्रममा नपर्न सर्वसाधारणलाई अनुरोध गरिएको हो ।
कार्यालयले यस प्रकारको गैरकानूनी कार्य कडाइका साथ हेर्ने र प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।
नागरिकहरूलाई आधिकारिक जानकारीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आधिकारिक सञ्चार माध्यमहरू मात्र हेर्न आह्वान गरिएको छ ।










प्रतिक्रिया