
काठमाडौं, १० असोज । नेपाली प्रहरीमा नयाँ भर्ना खुलाइएको छ । प्रहरी प्रधान कार्यालयले एक हजार ५९४ जनाका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।
आज प्रकाशित सूचना अनुसार एक हजार ५५३ जना प्रहरी जवान, ११ जना प्रहरी कार्यालय सहयोगी, १५ जना कपाल काट्ने हजाम, १५ जना कुचीकार र १५ जना खेलाडी समावेश छन् । प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ८ कक्षा पास भएको हुनुपर्ने छ । प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ तोकिएको छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त बुझाउन सक्नेछन् ।









प्रतिक्रिया