
चितवन, १० असोज । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला नजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ ।
विगत केही दिनयता वर्षाका कारण सडकखण्डको तुइन खोलासँगै विभिन्न स्थानमा पहिरो खसेको थियो । जसका कारण यात्रुले लामो समयसम्म सास्ती बेहोर्नु परेको थियो ।
सडक खुलेसँगै चितवन, काठमाडौं र पोखरातर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।








प्रतिक्रिया