३१ जेष्ठ २०८३, आइतबार

मलाई अहिले प्रहारको निशाना बनाइएको छ, के हो मेरो अपराध ? : केपी शर्मा ओली

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिशोधात्मक रूपमा प्रहारको निशाना बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रेस चौतारीका पत्रकारहरूसँग कुरा गर्दै उनले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै “के हो मेरो अपराध ? भ्रष्टाचार नगर्नु र विकासको खाका कोर्नु अपराध हो ?” भनेर प्रश्न उठाए।

ओलीले हाल देखिएको अराजनीतिक र प्रतिशोधात्मक व्यवहार देशलाई त्रासमय दिशातर्फ धकेलिरहेको उल्लेख गरे। जेनजी आन्दोलनमा वैध माग भए पनि हिंसात्मक तत्व मिसिएको भन्दै उनले गोली चलेको घटनामा निष्पक्ष छानबिनको माग गरे।

उनका अनुसार, “जनप्रतिनिधि संस्था जलाउने प्रवृत्ति लोकतन्त्रको लागि खतरनाक छ। सत्यतथ्य बाहिर ल्याउन छानबिन आवश्यक छ।”