१० असार २०८३, बुधबार

प्रदर्शनका क्रममा घरमा भेटिएका नगदबारे छानबिन भइरहेको छ : प्रधानमन्त्री कार्की

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नेताहरूको घरमा भेटिएका नगद रकमबारे छानबिन भइरहेको बताएकी छन्।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आगजनी र तोडफोडपछि भेटिएका जलेका नोटहरू सम्बन्धित निकायले संकलन गरी अनुसन्धान थालेको जानकारी दिइन्।

जेनजी आन्दोलनका क्रममापूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूका घरमा पैसा भेटिएको थियो। ती रकमबारे सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ।