३० जेष्ठ २०८३, शनिबार

देउवा दम्पतीमाथि अनुसन्धान सुरू

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । सरकारले नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा र पूर्वऊर्जामन्त्री दीपक खड्काको सम्पत्तिमाथि छानबिन थालेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संकलित प्रमाण नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाएको हो।

विभागले देउवा र खड्काको निवासमा आगजनीपछि पैसाका टुक्रा, खरानी तथा भिडियो संकलन गरेको थियो। त्यसक्रममा पैसा छरिएको र उडाइएको दृश्यसमेत भेटिएको बताइएको छ।

आरजुमाथि सार्वजनिक पद दुरुपयोग, नक्कली शरणार्थी प्रकरण र गैरकानूनी सम्पत्ति आर्जनको आरोप लाग्दै आएको छ। उता खड्कामाथि पनि पद दुरुपयोग र व्यक्तिगत स्वार्थमा निर्णय गरेको आरोप छ। देउवा परिवार विगतका धेरै अनियमिततासँग जोडिएको आरोप खेप्दै आएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअनुसार, गैरकानूनी सम्पत्ति आर्जनको ठोस प्रमाण भेटिए भ्रष्टाचार मुद्दा दायर हुने विभागले जनाएको छ। यदि बैध स्रोत पुष्टि गर्न नसके देउवा दम्पतीले गम्भीर कानुनी कारबाहीको सामना गर्नुपर्ने हुनसक्छ।