२६ असार २०८३, शुक्रबार

नेप्सेका अध्यक्ष बस्याललाई कार्यालयमा प्रवेश गर्नै दिइएन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याललाई आन्दोलनरत कर्मचारीहरूले कार्यालय प्रवेशमा रोक लगाएका छन्। माग पूरा नभएसम्म अध्यक्षलाई कार्यालय छिर्न नदिने अडान उनीहरूले लिएका छन्।

सेवा सुविधा वृद्धि लगायतका मागसहित तीन दिनदेखि कर्मचारीहरू आन्दोलनमा छन्। उनीहरूले अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुँडामणि चापागाईँको राजीनामा समेत माग गरेका छन्।

मंगलबार आन्दोलन सुरु भएको पहिलो दिन उनीहरूले अध्यक्ष र सीईओलाई रातिसम्म कार्यालयमै थुनाएका थिए। पछि प्रहरीको टोली पुगेपछि मात्र उनीहरूको उद्धार गरिएको थियो।