२८ असार २०८३, आइतबार

एनआरएनए अध्यक्ष डा. केसी र विश्व बैंक क्षेत्रीय निर्देशकबीच भेटवार्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीले विश्व बैंकका क्षेत्रीय निर्देशक (नेपाल, माल्दिभ्स र श्रीलंका) डेभिड एन. सिस्लेनसँग शिष्टाचार भेट गरेका छन् । भेटमा नेपालमा आर्थिक विकास, लगानी प्रवर्द्धन तथा आपसी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।

संघका तर्फबाट अध्यक्ष डा. केसीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरे । साथै, गैरआवासीय नेपाली समुदायबाट हुने ज्ञान, सीप र लगानी प्रवाहलाई विश्व बैंकका कार्यक्रमहरूसँग जोड्ने सम्भावनाबारे समेत चर्चा भएको थियो ।

त्यस अवसरमा विश्व बैंकका क्षेत्रीय निर्देशक सिस्लेनले गैरआवासीय नेपाली संघसँग सहकार्य गर्दै नेपालको दिगो विकासका लागि आवश्यक परियोजना तथा प्रयासमा हातेमालो गर्न सकिने विश्वास व्यक्त गरे ।

भेटमा एनआरएन डेभलप्मेन्ट फण्डका बारेमा सिईओ अनलराज भट्टराईले जानकारी गराए भने संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले संघले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासँग गरिरहेको सहकार्यका बारेमा प्रकाश पारे ।