२ असार २०८३, मंगलबार

एमाले केन्द्रीय कार्यालयको बैठक : देशभर कति भयो क्षति ?

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेकपा (एमाले)ले आन्दोलनका नाममा आफ्ना पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गरेको छ ।

एमाले केन्द्रीय कार्यालयको बुधबार च्यासलमा बसेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिँदै देशभरका पार्टी कार्यालय र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको बताए ।

उनका अनुसार प्रारम्भिक विवरणले केन्द्रीय कार्यालयसहित ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको देखाएको छ ।

यस्तै, १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका छन् । हाल अधिकांश कार्यालयमा सरसफाइ र मर्मतको काम सुरु भइसकेको छ ।

महासचिव पोखरेलले पार्टी कार्यकर्ताहरू स्वयम्सेवी भावनाका साथ क्षति भएको संरचना पुनःस्थापना गर्ने अभियानमा जुटेको बताए । उनले राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुनः जुर्मुराएर उठ्दै गरेको बताए ।