१५ असार २०८३, सोमबार

टाटा मोटर्सको ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । दशैं–तिहारको अवसरमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले ‘शानदार दशैं–तिहार अफर’ ल्याएको छ। अफर अन्तर्गत कम्पनीका इलेक्ट्रिकदेखि पेट्रोल–डिजेल सबै मोडेलमा विशेष छुट र सुविधा उपलब्ध हुने भएको हो ।

इलेक्ट्रिक मोडेल (टियागो ईभी, पञ्च ईभी, नेक्सन के-३ ईभी, कर्भ ईभी) खरिद गर्ने ग्राहकले जीवनभर निःशुल्क डीसी फास्ट चार्जिङ, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, बीमा कवरेज, इम्बोस्ड नम्बर प्लेट, एक्सेसोरिज उपहार लगायत सुविधा पाउनेछन्। साथै लक्की ड्रमार्फत माल्दिभ्स कपल ट्रिप जित्ने मौका पनि रहनेछ।

यस्तै पेट्रोल र डिजेल मोडेल (टियागो, पञ्च, नेक्सन, सफारी) मा नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र निःशुल्क इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। नगद छुटमै ग्राहकले पाँच लाख रुपैयाँसम्म लाभ लिन सक्नेछन्।

सिप्रदी ट्रेडिङका अनुसार यो अफर देशभरका सबै शोरुममार्फत उपलब्ध हुनेछ।