१२ असार २०८३, शुक्रबार

हजार र पाँच सयको नोटमाथि प्रतिबन्ध लाग्दैन : अर्थमन्त्री खनाल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ८ असोज । अर्थमन्त्री रामेश्वर खनालले हाल बजारमा हल्ला चलेजस्तो एक हजार र पाँच सय रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाउने विषयमा सरकारले कुनै छलफल नगरेको स्पष्ट पारेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नोट प्रतिबन्धको हल्लामा कुनै सत्यता नरहेको बताए । एक प्रश्नको जवाफमा मन्त्री खनालले भने, ‘अहिलेको अवस्थामा हजार र पाँच सयको नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल भएको छैन ।’

फरक प्रसङ्गमा, मन्त्री खनालले प्रदेश संरचना खारेज हुने सम्भावनालाई पनि अस्वीकार गरे । उनले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भइरहेकाले प्रदेश खारेजीको कुनै सोच नरहेको स्पष्ट पारे ।

त्यसैगरी, भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मा गरेको परिवर्तनबारे सोधिएको प्रश्नमा उनले त्यसको असरबारे अध्ययन भइरहेको बताए । मन्त्री खनालले भारतीय नीतिको कारण नेपाली उद्योग–व्यवसायमा नकारात्मक असर पर्ने देखिएमा आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरे ।