२१ असार २०८३, आइतबार

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेर दुई लाख २३ हजारमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार सात सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।