२६ जेष्ठ २०८३, मंगलबार

एसिया कपको सुपर फोरमा आज भारत र बंगलादेश भिड्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । एसिया कपको सुपर फोरमा आज भारत र बंगलादेश भिड्ने भएका छन् ।

यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा बुधबार साँझ ८ः१५ बजे सुरु हुने खेलमा भारत र बंगलादेश भिड्ने भएका हुन् ।

आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ ।

गएराति भएको खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ ।

सुपर फोरमा श्रीलंका भने अंकविहीन छ । श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ । पाकिस्तानले दुई खेल खेल्दा दुई अंक जोडेको छ ।

आठ टिम सहभागी एसिया कपबाट आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका हुन् ।

सुपर फोरका शीर्ष टिमले एसिया कपको फाइनल सेप्टेम्बर २८ तारिखमा खेल्नेछन् ।