१६ कार्तिक २०८३, सोमबार

अनावश्यक फोन र मेसेज नगर्न शिक्षामन्त्री पुनको आग्रह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिन आफूलाई अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले अहिले आफू मन्त्रालयमा सिर्जनशील टिम बनाउन व्यस्त रहेको जानकारी गराउँदै फोन र मेसेज नगर्न आग्रह गरेका हुन् ।

‘अनुरोध – अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सएपमा हजारौं कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु । त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनुहोला ।’ मन्त्री पुनले भनेका छन् ।