१६ कार्तिक २०८३, सोमबार

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको २ लाख २१ हजार ७ सय पुग्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा किनबेच भएकोमा आज तोलामा तीन हजार नौ सय रुपैयाँ बढेको हो ।

त्यसैगरी, आज चाँदी दुई हजार ६८० रुपैयाँमा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।