२९ जेष्ठ २०८३, शुक्रबार

नेपालको शिक्षामा विदेशीको छायाँ प्रवेश नै गर्न नदिऔँ : समिक बडाल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले नेपालको शिक्षामा विदेशीको छायाँ प्रवेश नै गर्न नदिन आग्रह गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत नेपालको शिक्षामा विदेशीको छायाँ प्रवेश गरेपछि अहिलेको अवस्था सिर्जना भएको भन्दै विदेशी छाँया प्रवेश गर्न नदिन आग्रह गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको प्रविणता प्रमाणपत्र हटाएपछि ‘अमेरिकन युथ काउन्सिल’ छिरेको उनको भनाई रहेको छ ।

“विगतमा त्रिभुवन विश्वविद्यालयको प्रविणता प्रमाणपत्र तह थियो । त्यहीँ हामीले राजनीति सिक्थ्यौँ, राष्ट्रिय चेतना बढाउँथ्यौँ, तर, आज त्यही ठाउँमा ‘अमेरिकन युथ काउन्सिल’ छिरेको छ,” अनेरास्ववियुका पूर्वअध्यक्ष बडालले लेखेका छन्, “विश्व बैंकको अनुदानको लोभमा हाम्रै उच्च शिक्षाका विज्ञहरूले आफ्नै विद्यार्थी आन्दोलन (स्ववियु)लाई ध्वस्त पारिदिए । हाम्रा राजनीतिक दलहरू पालैपालो सरकारमा आए, तर कसैले पनि यो विषयमा सोच्न भ्याएनन् । हामीले पनि त्यो कुरा बुझाउन सकेनौँ ।”

उनले विदेशी हस्तक्षेप, अदृश्य सेनाजस्तै एनजीओ/आइएनजीओको भेषमा हाम्रो मस्तिष्क कब्जा गर्ने षड्यन्त्र रहेको उल्लेख गर्दै लेखेका छन्, “तिनीहरूको एउटै लक्ष्य छ : हाम्रो राष्ट्रिय विचार र हाम्रो चेतना मेटाउनु ।”