१६ असार २०८३, मंगलबार

सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ ।

सामाजिक सेवा दिवसको अवसरमा २०७४ असोज ६ गते गतेबाट कारोबार प्रारम्भ गरेको कम्पनीले मुलुकभरी १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४०,९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी रकम ५,०३१,१६४,४०० रुपैयाँ रहेको छ भने जगेडा कोषमा रकम २,२३२,४०९,८०१ रुपैयाँ तथा जीवन बीमाकोषमा रकम १०,१०८,७८१,५४५ रुपैयाँ कायम छ ।

कम्पनीको नेट वर्थ रकम १५४.३५ रुपैयाँ रहेको छ र यस आधारमा कम्पनीको जोखिम धारण गर्ने क्षमता वृद्धि हुँदै गएको कम्पनीले जनाएको छ ।