२५ असार २०८३, बिहिबार

यस्तो छ फिल्म ‘मैझारो’को टिजर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को टिजर रिलिज भएको छ । निर्माण पक्षले सोमबार बडादशैंको घटस्थापनाको दिन पारेर फिल्मको १ मिनेट ५८ सेकेन्डको टिजर रिलिज गरेको हो ।

सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । इलामको दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न सकिन्छ । चिया बगानमा चिया टिप्न ढोको बोकेकी मिरुना मगरलाई डोको बोकेको देख्न सकिन्छ । सायद उनी चिया बगानमा चिया पत्ती टिप्ने काम गरेकी हुन कि भन्ने बुझिन्छ । धिरज र मिरुनाको प्रेम टिजरमा देख्न सकिन्छ । तर कुनै बाध्यताले धिरज दिया पुनसँग नजिकिएका छन् ।

धेरै जसो दर्शकले तक्मेबुढा (विल्सन विक्रम राई)भन्ने बितिक्कै कमेडी शैलीको फिल्म निर्माण गर्लान् भन्ने लागेको हुनुपर्छ । तर उनले कमेडी टिजर अथवा कमेडीशैलीको मुभि बन्ला भन्ने सोचेको भन्दा विलकुलै फरक तरिकाले मौलिक प्रेमकथामा फिल्म निर्माण गरेका छन् भन्दा फरक नपर्ला । किनभने सार्वजनिक भएको टिजरमा किराती मौलिक प्रेमकथामा भावनात्मक सम्बन्धहरु देखाइएको छ । जसले गर्दा विल्सन विक्रम राईलाई यही फिल्मले नै निर्देशकको एउटा राम्रो छाप छोड्छ भन्ने कुरामा दुविधा नहोला । किनभने उनले निर्माण गरेको यो फिल्ममा नेपाली माटोको कथा भन्न उनी निकै सिपालु देखिएका छन् । उनको काम टिजरसम्म अब्बल देखिन्छ ।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘मैझारो’लाई निर्देशक राईकै कथामा निर्माण भएको हो ।

फिल्ममा धिरज, मिरुना र दियाका साथमा दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ । राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको मीठो स्वर सुन्न पाइनेछ । सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ ।