३० आश्विन २०८३, शुक्रबार

साँझ यूएई उड्दै नेपाली टोली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । वेस्ट इन्डिजसँग युनिटी कप टी–२० आई सिरिज खेल्न नेपाली क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली साँझ ७ः२५ बजे त्यसतर्फ प्रस्थान गर्न लागेको हो । प्रतियोगिता खेल्न नेपाली टोली शुक्रबार यूएई जाने कार्यक्रम तय भएको थियो । तर, यूएईले भिसा दिन अस्वीकार गरेसँगै टोली अलपत्र परेको थियो । यद्यपि, आइतबार भिसा आएपछि सोमबार नै टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

तीन खेलको यो सिरिज शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म हुने तय छ ।