२९ जेष्ठ २०८३, शुक्रबार

वेस्ट इन्डिजसँग सिरिज खेल्न नेपाली टोली आज यूएई जाँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज नेपाली राष्ट्रिय क्रिकेट टोली संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा (भिसा) पाएसँगै आज यूएई प्रस्थान गर्न लागेको हो ।

टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

शुक्रबार नै यूएई जाने तयारीमा रहेको नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा रोकिएको हो । आइतबार भिसा पाएसँगै नेपाली टोली आज यूएई जाने भएको हो ।