२१ जेष्ठ २०८३, बिहिबार

काउली लोड पिकअप गाडीमा ३३४ किलो गाँजा बरामद, चालक फरार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ५ असोज । रौतहट ईशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले लागूऔषध गाँजा ३ सय ३४ केजी बरामद गरेको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजासहितको पिकअपलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईशनाथ नगरपालिका–८ मनसरी हुँदै भारततर्फ लैजाँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी राजु कार्कीले जानकारी दिए । उनका अनुसार प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप गाडीलाई रोक्न खोज्दा सडकमै रोकेर चालक फरार भएका हुन् ।

पिकअपलाई प्रहरीले चेकजाँच गर्दा माथिबाट २० पोका काउली लोड भएपनि तल २६ पोका गाँजा फेला परेको डिएसपी कार्कीले बताए ।

प्रहरीका अनुसार तरकारी लोड गरिएको जस्तो देखाइए पनि पिकअपभित्र २६ वटा पोकामा लुकाइछिपाइ गरी गाँजा लोड गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।