१४ असार २०८३, आइतबार

चलचित्र ‘ऊनको स्वीटर’ ओटीटीमा रिलिज

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । गत वैशाख २६ गते सिनेमा हलहरूमा प्रदर्शनमा आएको सफल चलचित्र ‘ऊनको स्वीटर’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ ।

बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल यो चलचित्र अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन वा कम्प्युटरमा हेर्न सक्नेछन् ।

आर्टमान्डूले निर्माण गरेको ‘ऊनको स्वीटर’ले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतका कारण दर्शकहरूलाई आकर्षित गरेको थियो । मिडिया र स्वतन्त्र समीक्षकहरूबाट पनि सकारात्मक समीक्षा पाएको यस चलचित्रको निर्देशन र लेखन नवीन चौहानले गरेका हुन् ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको गीत सुजन चापागाईँ र सङ्गीत कोविद बज्रले निर्देशन गरेका हुन् । ‘ऊनको स्वीटर’ देशभरका करिब ४० वटा सिनेमा हलमा ५१ दिनसम्म सफलतापूर्वक प्रदर्शन भएको थियो ।