२७ असार २०८३, शनिबार

दुई वटा संसदीय समितिको बैठक बस्दै

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । सङ्घीय संसद्को दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ ।

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिनको १ः०० बजे समितिको सभाहल सिंहदरबारमा बस्दै छ । बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै, राष्ट्रिय सभाअन्तर्गतकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति समितिको बैठकपनि आज बस्दै छ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिको आगामी योजना तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।