१८ असार २०८३, बिहिबार

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । सागर डिष्टिलरी लिमिटेडको साधारण जनता लक्षित आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले भदौ ३० गतेदेखि १०० रुपैयाँ अंकित दरमा ११ करोड ९० लाख रुपैयाँभन्दा बढीको ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको हो । यसमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता सेयर छुट्टाइएको छ । सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ खरिदका लागि आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा र मेरो सेयरमार्फत दिन सकिन्छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरेर साउन २८ देखि भदौ १ गतेसम्म आईपीओ जारी गरिसकेको छ ।