१७ असार २०८३, बुधबार

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गको भवन मर्मत सम्भारमा सहयोग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग काठमाण्डौंको भवनको पुनर्निर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ ।

दरबारमार्गमा रहेको प्रहरी कार्यालयमा न्यूनत्तम प्रशासनिक कार्यहरु गर्न कठिनाई भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको हो । यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भइरहेको पुनर्निर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुनर्निर्माण तथा मर्मत सम्भारको प्रयासमा एक ईटा थप हुने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकको सम्पूर्ण सेवाहरु पूर्ण रुपमा सञ्चालनमा आइसकेको तथा डिजिटल बैंकिङ सेवाहरु सुरक्षित रुपमा सञ्चालन भइरहेको बैंकले जनाएको छ । बैंकको लेकसाइड शाखाबाहेक १०२ शाखा कार्यालयहरु हाल सञ्चालनमा रहेका छन् ।