
काठमाडौं, २ असोज । हिमालयन बैंक लिमिटेडले चाबहिल शाखा स्थानान्तरण गरेको छ । बैंकले नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल–२ शाखालाई स्थानान्तरण गरी एन एल कम्प्लेक्स, काठमाडौं महानगरपालिका वडा नं. ०२, बालुवाटारबाट आज असोज २ गतेदेखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।
शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका हुन् ।
हाल बैंकले नेपालभरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम ८ हजार भन्दा बढी पीओएस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया