२३ जेष्ठ २०८३, शनिबार

झलनाथ खनालकी पत्नी रविलक्ष्मीको एउटा हात काटियो

19.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । गत भदौ २४ गतेको जेनजी हिंसात्मक प्रदर्शनका क्रममा घरमा लगाइएको आगोमा परेर घाइते भएकी नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको श्रीमतीको एउटा हात काटिएको छ ।

खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको हो । उनको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।

संक्रमण फैलिन थालेपछि उनको हात काटिएको हो । यस्तै उनलाई निमोनियाको संक्रमण पनि देखिएको बताइएको छ ।