२२ जेष्ठ २०८३, शुक्रबार

सेयर कारोबार २० मिनेटका लागि बन्द

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ ।

प्रि–ओपन सेसनमै घटन सुरु भएको नेप्से नियमित कारोबार खुलेको दुई मिनेटमै १०७.०४ अंकले ओरालो लाग्दा कारोबार २० मिनेटका लागि स्थगित गरिएको हो । यस अवधिमा २०० स्टकको १,८५७ पटकको कारोबारमार्फत ३ लाख ३४ हजार २७५ कित्ता सेयर खरिद–बिक्री भई १५ करोड ६६ लाख रुपैयाँभन्दा बढी रकम बराबरको कारोबार भएको थियो ।

अब बजार ११ः२२ बजे पुनः खुल्नेछ । त्यसपछि नेप्से परिसूचक थप ५ प्रतिशतसम्म घटे दोस्रो सर्किट लाग्नेछ र कारोबार फेरि ४० मिनेटका लागि रोकिनेछ ।