
काठमाडौं, २ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् ।
स्रोतका अनुसार उनले बिहान ११ः३० बजे मोदीसँग टेलिफोन वार्ता गर्नेछिन् । यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए ।
त्यस्तै, आज दिउँसो १ बजे नेपालका लागि चीनका राजदूत चेन सोङले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।








प्रतिक्रिया