२९ आश्विन २०८३, बिहिबार

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमाशुल्क भुक्तानी इसेवा र खल्तीमार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ ।

कम्पनीका अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । यो अफर आज असोज १ देखि मंसिर २९ गतेसम्म लागू हुने छ ।

कम्पनीका अनुसार यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने अपेक्षा गरिएको छ ।