२४ असार २०८३, बुधबार

सुदन गुरुङलाई बानेश्वरसम्म लखेट्दै आक्रमण प्रयास

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । गुरुङका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा सवार समूहले आफूलाई लखेटेको थियो । त्यसक्रममा बीचमा दुईवटा गाडी पनि थपिएर पच्छ्याएको उनको दाबी छ ।

सिनामंगलको गल्ली गल्ली हुँदै नयाँ बानेश्वरसम्मै लखेटेको उनको भनाइ छ । आफूलाई मार्ने उद्देश्यले पिछा गरिएको उनको भनाइ छ ।

‘सिनामंगलका गल्ली गल्लीमा पनि खोजिरहेका थिए । बानेश्वरसम्मै लखेटे । मार्ने उद्देश्यले नै आएका जस्तो लाग्छ,’ उनले भने ।

गुरुङले आफू हाल कुन स्थानमा रहेका छन् भन्ने खुलाउन चाहेनन् ।