२० असार २०८३, शनिबार

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ असोज । पाकिस्तानबाट फुटबल खेलाडी बनाएर २२ जनालाई अवैध रूपमा जापान प्रवेश गराउन खोजिरहेको आरोपमा एक समूह पक्राउ परेको छ ।

नक्कली कागजात प्रमाणित भएपछि ती २२ जनालाई भने विमास्थलबाटै स्वदेश फर्काइएको छ । सियालकोटबाट एउटा फुटबल टोली जापान गएको थियो ।

ती टोलीका सबै सदस्य नक्कली कागजातसहित जापान गएका हुन् । फुटबलरको परिचयपत्र नक्कली ठहरिएका कारण उनीहरूलाई सुरुमै विमानस्थलमै रोकिएको थियो । सबै विवरण जाँचपछि उनीहरूलाई पुनः पाकिस्तान फर्काइएको हो ।

मानव बेचबिखनको स्वरूप फुटबलरको भेषमा २२ जनालाई जापान लैजान खोजिएको आशंका गरिएको छ । पाकिस्तानको फेडरल इन्भेष्टिगेसन एजेन्सी (एफआईए) ले यो समाचारको पुष्टि गर्दै २२ जना सियालकोट विमानस्थलमार्फत जापान पुगेको जनाएको छ । उनीहरू फुटबल टोलीका रूपमा जापान गएका थिए ।

जापानी अधिकारीहरूले उनीहरूबाट नक्कली कागजात फेला पारेका थिए । घटनाबारे एफआईएले अनुसन्धान सुरु गरेको छ । यो समूहको नाइके मालिक वाकास नामक व्यक्ति रहेको बताइएको छ । उनलाई पक्राउ गरी गुजरानवालामा मुद्दा दर्ता गरिएको छ ।

एक अनुसन्धानकर्ताले बताएका छन्, ‘वाकासले केही समयअघि गोल्डेन फुटबल ट्रायल नामक फुटबल क्लब दर्ता गरेका थिए । उनले सबैलाई फुटबलरझैँ बनाउन प्रशिक्षण दिएका थिए । जापान पठाउने नाममा उनले प्रत्येक व्यक्तिबाट ४० लाख रुपैयाँ उठाएका थिए । अनुसन्धान अघि बढेपछि थप जानकारी आउन सक्नेछ ।’