७ असार २०८३, आइतबार

संसद् भवनको वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन चोरी भएको खुलासा

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड नगद र १८ किलो सुन चोरी भएको खुलासा भएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले एक अन्तरवार्ताका क्रममा उक्त शाखाबाट कुल ३७/३८ करोड बराबरको लुटपाट भएको बताएका हुन्। उनका अनुसार प्रदर्शनका बेला बैंकको लकर तोडफोड गरी नगद र सुन चोरिएको हो।

गभर्नरले हालसम्म लुटपाटमा संलग्न कोही पक्राउ नपरेको र अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। अन्य शाखामा भने ठूलो क्षति नभएको राष्ट्र बैंकले जनाएको छ।